सूचनाको शक्ति - The Power Of Information

        

सरकारले स्वदेशी सफ्टवेयरको प्रयोगलाई प्राथमिकता दिने

सरकारले स्वदेशी सफ्टवेयरलाई सरकारी निकायमा प्रयोग गर्न प्राथमिकता दिइने बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

यस्तै उनले सरकारी डाटा सेन्टरको स्तारेन्नती र निजी क्षेत्रको डाटा सेन्टरका लागि मापदण्ड तयार पारिने बताए । विद्युतीय तथ्यांकको भण्डारण सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने उनले बताए । यस्तै उनले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थीलाई सो क्षेत्रमा इन्टर्नको व्यवस्था गरिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:२४

लोकप्रिय