सूचनाको शक्ति - The Power Of Information

        

बजेटमा पर्यटन : १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०८१/८२ को सरकारको बजेट मंगलबार संसद् बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त लक्ष्य सार्वजनिक गरेका हुन् ।

“आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याइनेछ,” उनले भने ।
नयाँ गन्तव्यको खोजी गर्ने, पर्वतारोहण प्रवद्र्धनका निम्ति स्वचालित प्रणाली लागु गरिनेसहितका पर्यटक भित्र्याउन सहजीकरण गर्ने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:०१

लोकप्रिय