सूचनाको शक्ति - The Power Of Information

        

डिजिटल नेपाल फ्रेमवर्कका लागि ५९ करोड विनियोजन

सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

यसको कार्यान्वयन र अनुगमन गर्ने संस्थाको व्यवस्था गरिने उनले बताए । यो आयोजनाका लागि सरकारले ५९ करोड रकम विनियोजन गरेको छ ।

काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी र निजी तथा सरकारी भवनमा उच्च गतिको इन्टरनेट, विद्युत् र सुरक्षासहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने उनले बताए । तीन वर्षका लागि वर्कस्टेसनका रूपमा निःशुल्क स्थान उपलब्ध गराइने उनले बताए ।

काठमाडौंको डिल्ली बजारको चारखालमा अत्याधुनिक सूचना प्रविधि हबका लागि सरकारी र निजी सहकार्यमा संरचना निमार्ण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:००

लोकप्रिय