सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सीमाबाट पशुपतिनाथ, स्वर्गदारी, मुक्तिनाथ दर्शन यातायात सञ्चालन गरिने

सरकारले नेपाल भारत सीमानाकाबाट पशुपतिनाथ, स्वर्गदारी, मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गर्ने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन प्रवद्र्धन गर्न बुद्ध परिपथ, शिव परिपध, किरात परिपथ निर्माण गर्ने भएको छ।

मध्यपाहाडी राजगर्मामा होटल निर्माण गर्न सरकारी जग्गा लिजमा दिइने भएको छ। जानकीमन्दिरलाई बिवाहको हव र लुम्बिनीलाई बर्थिङ हवको रुपमा विकास गरिने पुनले बजेटमार्फत् बताएका छन्। पर्यटन पूर्वधार विकासकोलागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५६

लोकप्रिय