सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँ र बुटवलमा सूचना प्रविधि पार्क

काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत र सुरक्षा लगायतका पूर्वाधारका लागि सूचना प्रविधि पार्क बनाइने भएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले बुटवल र काठमाडौँमा सूचना प्रविधि पार्क बनाउने बताएका हुन्। जसमा ३ वर्षसम्म निशुल्क वर्क स्टेसन बनाइने छ।

यस्तै बजेटमा सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक सूचना हव सञ्चालनका लागि काठमाडौँको डिल्लीबजारस्थित चारखालमा संरचना निर्माण गर्ने र ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माण गर्न १७ करोड रुपैयाँ विनियोजन गरिने जानकारी दिए।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४९

लोकप्रिय