सूचनाको शक्ति - The Power Of Information

        

आगामी वर्ष ९०० मेगावाट विद्युत थप हुने, जनताको लगानीमा माथिल्लो अरुण बन्ने

सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट विद्युत थप हुने लक्ष्य राखेको छ। बजेटले अर्को वर्ष कुल ४ हजार ५ मेगावाट पुर्‍याउने उल्लेख गरेको छ। सरकारले मात्रै निर्माण गरिरहेको प्रशारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागिता गराउने भएको छ।

सुख्खा यामको विद्युत आपूर्ति पुरा गर्न १२०० मेगावाटको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी, ४७० मेगावाटको नलसिंघा जलसाययुक्त आयोजना र २८० मेगावाटको नौमुरे बहुउद्देश्य आयोजनाको निर्माण सुरु गरिनेछ।

जनताको जलविद्युत कार्यक्रम अन्तरगत १६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला र १०० मेगावाटको तामाकोशी ५, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजना निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।

सुनकोशी तेस्रोको अध्ययन र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानीको इन्जिनियरिङ डिजाइन कार्यक्रम शुरु गर्ने भएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४७

लोकप्रिय