सूचनाको शक्ति - The Power Of Information

        

कृषि तथा पशुपन्छी मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड विनियोजन गरेका छन्। यसअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका छन्।

आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने भएको छ। त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:३८