सूचनाको शक्ति - The Power Of Information

        

आगामी आर्थिक बर्षको स्वीकृत बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री संसद्मा

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:१४