सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछाने जोडिएका सुप्रिम र सूर्यदर्शनसहित २९ सहकारीमाथि छानबिन (सूचीसहित)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका सुप्रिम बचत तथा ऋण सहकारी र सूर्यदर्शन बचत तथा ऋण सहकारीसहित २९ वटा सहकारीलाई छानबिनको दायरामा ल्याइने भएको छ । सहकारी छानबिन प्रकरणका लागि बनाइन लागेको संसदीय समितिको कार्यक्षेत्रमा ती सहकारीको नाम उल्लेख गरिएको हो ।

दलहरु छानबिन समितिको कार्यक्षेत्रमा व्यक्तिको नाम लेख्ने वा संस्थाको नाम लेख्नेमा लामो विवाद चलेको थियो । स्वयम् उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएका कारण उनको नाम लेख्ने किन नलेख्ने भन्ने विषयमा विवाद थियो । यद्यपि, कांग्रेसले उनी मुछिएका सहकारीको नाम लेख्ने सर्तमा उनको नामबाट अडान छाडेसँगै सहमति भएको हो ।

यी हुन् छानबिन समितिले छानबिनका लागि दायरामा ल्याएका २९ सहकारी

१. ओरेण्टल को–अपरेटिभ लिमिटेड

२. स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

३. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४. प्रभु बचत तथा ऋण सहकारी संस्था

५. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७. कुवेर बचत तथा ऋण सहकारी संस्था

८. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

९. भेगास बचत तथा ऋण सहकारी संस्था

१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अनुसूचि

२१. आईडियल यमुना बहुउद्देश्यी संस्था

२२. ईमेज बचत तथा ऋण सहकारी संस्था लि

२३. सहारा बचत तथा ऋण सहकारी,

२४. समानता वचत तथा ऋण सहकारी

२५. सानो पाइला वचत तथा ऋण सहकारी

२६. सुप्रिम बचत तथा ऋण सहकारी,

२७. सूर्यदर्शन बचत तथा ऋण सहकारी

२८. सुमेरू बचत तथा ऋण सहकारी

२९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १४:३९

लोकप्रिय