सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन सोमबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी सोमबारको तुलनामा मंगलबार प्रतितोला ४० रुपैयाँ बढेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:४८

लोकप्रिय