आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको संघीय संसद्को संयुक्त बैठकको समय सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएका हो ।
संसद् सचिवालयले सरकारको अनुरोधमा बजेट प्रस्तुत गर्न बोलाइएको संयुक्त बैठक सारिएको जनाएको छ । ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं