बाँकेमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।तीन जना महिला घाइते भएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ खल्ला गाउँकी ४० बर्षीया पुतला खत्रीकोे आज अपरान्ह साढे ४ बजेतिर परेको चट्याङबाट घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी ढकेरीले जनाएको छ ।
आफ्नो गाउँदेखि अन्दाजी एक किलोमिटर उत्तरतर्फ रहेको घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा हावाहुरी र पानीसहित परेको चट्याङबाट सोही ठाउँका ४२ बर्षकी देबा घर्ती, ३६ बर्षकी लिला खत्री र २६ बर्षकी कलसी बुढा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके