मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन् । २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा परेको छ ।
थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको हो । उनी केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लागेका थिए । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय संकटमा परेको उनले बताए ।
छ वर्षदेखि मौरीपालन गर्दै आएका थापाले मौरीपालनबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरेको थियो । सेरेना जातको मौरी पाल्दै आएका उनले एक किलो मह रु एक हजार पाँच सयमा घरबाटै बिक्री गर्दै आएका थिए ।
‘किसानको मर्का राज्यले बुझ्दैन, पहिला बङ्गुरपालन गरेको खोर त्यसै छन्, बङ्गुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो,’ उनले भने, ‘४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु ।’
थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आएका छन् । मौरीको बीमा नगर्दा घाटा परेको उनले स्वीर्काए । उनले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गरे । मौरी मर्नुको कारण थाहा नभएको उनको भनाइ छ । पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताए । उनले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताए । वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उनले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बागलुङ