सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ १२ गते शनिवारको राशिफल

२०८१ जेठ १२ गते शनिवार, २५ मे २०२४ । ज्येष्ठ कृष्णपक्ष द्वितीया तिथि, १८ः५५ बजेपछि तृतीया । ज्येष्ठा नक्षत्र, १०ः५३ बजेपछि मूल । चन्द्रराशि वृश्चिक, १०ः५३ बजेपछि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिहान स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विशेष काम गर्न बिहानको समय अनुकूल छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन् । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा साथीभाइको सहयोग जुट्नेछ । प्रयत्न गर्दा बिस्तारै काम सम्पादन हुनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ । प्रियजनको साथले दिन रमाइलो रहनेछ । साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ । आतिथ्यपूर्ण सम्मानका साथ स्वादिष्ट खानपानको आनन्द समेत प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पेसा–व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला । साथीभाइ टाढिनेछन् । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बिहानको समय लाभदायक रहनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । गरिएका कर्मको राम्रो प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहान विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउला । सहयोगीहरू पछि हट्न सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ । व्यापार बढ्नाले मनग्य धन आर्जन हुनेछ । विभिन्न भौतिक साधन समेत संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ । परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ । दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ । केही खर्च लागे पनि रचनात्मक कार्य गर्न सकिनेछ । बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ । अध्ययन र व्यापारमा प्रगति हुनेछ । व्यक्तित्वमा निखारता आउनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । मिहिनेतले पुरस्कार दिलाउन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउनेछ । बिछोडिएका आफन्त नजिकिनेछन् । अध्ययनमा प्रगति हुनेछ । व्यवसायमा फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । व्यावसायिक कामले खर्च बढाउनेछ । लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा पनि राम्रै फड्को मार्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि आफैंलाई फाइदा हुने समय छ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०७:४४

लोकप्रिय