सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ जेठ ११ गते शुक्रवारको राशिफल

२०८१ जेठ ११ गते शुक्रवार, २४ मे २०२४ । ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि, १९ः१४ बजेपछि द्वितीया । अनुराधा नक्षत्र, १०ः१९ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ ।सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । व्यावसायिक सफलताले थप हौसला जगाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । भविष्यका लागि काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले लाभ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ । चिताएका काम सम्पादन हुनेछन् । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ । काम बने पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउला । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । रोकिएका काम दोहोर्याउनुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ । सोचेजस्तै सफलता पनि मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । तर आत्मविश्वासको कमीले काममा पछि परिनेछ । अरूको भरपर्दा काम पूरा नहुन सक्छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ । आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काम थालनी हुन सक्छ । विभिन्न अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ । धनमाल सुरक्षामा सजगता अपनाउनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ०८:०८

लोकप्रिय