सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज-गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । २०८२ मङ्सिर २७ भित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ देखि निर्माण थालिएको सडक नेपालगन्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगन्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार ११ दशमलव ६ किलोमिटर चार लेन र १६ दशमलव २ किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर सडक विस्तार थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १७:२४

लोकप्रिय