सूचनाको शक्ति - The Power Of Information

        

‘मिस नेपाल पिस’को उपाधि नर्स विधीलाई

‘मिस नेपाल पिस–२०२४’ को शीर्ष उपाधि काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले जितेकी छन् ।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले शीर्ष उपाधि जितेकी हुन् । बेष्ट पर्सनालिटी अवार्ड पनि उनकै पोल्टामा प¥यो ।

विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फर्ष्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए ।

प्रतियोगिताको निर्णायकमा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ११:०५

लोकप्रिय