सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपलाई आजै विश्वकपको टोलीमा समावेश गर्दै क्यान

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदै गरेको आईसीसी टी–२० विश्वकप क्रिकेटको टोलीमा समावेश गर्नेबारे क्यानले बोर्डको बैठक राखेर निर्णय गर्ने तयारी गरेको हो ।

विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेको छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १७:४८

लोकप्रिय