सूचनाको शक्ति - The Power Of Information

        

अब सीपपछि मात्र वैदेशिक रोजगारीमा

सरकारले अब व्यक्तिलाई सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले वैदेशिक रोजागरीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न र त्यसमा विप्रेषण पठाउन प्रोत्साहन गरिने समेत बताए ।

वैदेशिक रोजगारीमा जानेलाई दिइने पूर्वतालिम विस्तारै निःशुल्क गरिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:५८