सूचनाको शक्ति - The Power Of Information

        

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ । महिलालााई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन उक्त कार्यक्रम लागु गर्न लागिएको हो ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

उक्त कार्यक्रम राष्ट्रपतिले वाचन गर्दा सदनमा सांसदहरूले हाँसो रोक्न सकेका थिएनन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:४१