सूचनाको शक्ति - The Power Of Information

        

नेपाल धितोपत्र बोर्ड

आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू, कुन कारोबारमा कति ?

आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ ।

नेपाल धितोपत्र बोर्डले घटेको कमिसन दर आज (जेठ १) देखि लागू गर्दैछ ।

नयाँ दरअनुसार अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म कमिसन लिने गरिएको थियो ।

घटेको ब्रोकर कमिसनअनुसार अब ५० हजार रुपियाँसम्मको कारोबारमा ०.३६ प्रतिशत लाग्नेछ । यसअघि ०.४० प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएकामा अब भने ०.३३ प्रतिशत मात्रै लाग्ने बताइएको छ ।

त्यसैगरी, पाँच लाखभन्दा माथि २० लाख रुपियाँसम्मको कारोबारमा ०.३१ प्रतिशत लाग्नेछ, जुन यसअघि ०.३४ प्रतिशत लाग्दै आएको थियो ।

त्यस्तै, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने भएको छ । सो कारोबारमा यसअघि भने ०.३० प्रतिशत लाग्दै आएको थियो ।

नयाँ कमिसन दरअनुसार एक करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने भएको छ । यसअघि सोही रकमबराबरको कारोबारमा भने ०.२७ प्रतिशत कमिसन लाग्दै आएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार ०७:३०

लोकप्रिय