सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा हरियाली, परिसूचक दुई हजार विन्दु नजिक

साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा भारी अंकको सुधार भएर हरियाली छाएको छ । कारोबारको पहिलो दिन बढेर बन्द भएको नेप्सेमा दोस्रो दिन पनि हरियाली छाएको हो ।

आज नेप्से परिसूचक २४ दशमलव ३९ अंकले बढेर १९९८ दशमलव ८९ को विन्दुमा पुगेको छ । सोमबार ३२० कम्पनीका ४५ हजार ८ सय २८ पटकको कारोबारमा ९५ लाख ४१ हजार ०१७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ८३ अंकले बढेर ३५६ दशमलव ६५ को विन्दुमा पुगेको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ ।

यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
आज माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १६:०९

लोकप्रिय