सूचनाको शक्ति - The Power Of Information

        

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ११:०७

लोकप्रिय