सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रहरी बाँकेबाट बिदा भए प्रहरी निरीक्षक घिमिरे

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरेको बिदाइ भएको छ ।

आफ्नो एक वर्षे कार्यकाल सकेर दैलेखको इलाका प्रहरी कार्यालय दुल्लुको प्रमुखमा सरुवा भएका इन्स्पेक्टर घिमिरेको आज जिल्ला प्रहरीमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।

घिमिरेलाई बिदाइ गर्दै बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले बाँकेमा कार्यरत रहँदा गरेको उत्कृष्ट कार्यको सराहना गर्दै दैलेख कार्यकालको सफलताको शुभकामना दिएका थिए । त्यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले पनि आगामी कार्याकालको शुभकामना दिएका थिए ।

बाँके प्रहरी प्रमुख कार्कीद्वारा गरिएको बिदाइ कार्यक्रममा इन्स्पेक्टर घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा इन्स्पेक्टर सुजन शाह, सुजन विश्वकर्मा, वरिष्ठ सई मणिराम लामिछाने, सन्तोष बुढाथोकी, भास्कर गिरी, श्याम रोका, बिनोद राठौर लगायत जिल्ला प्रहरी बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुले बिदाइ गरेका हुन् ।

जिल्ला प्रहरी बाँकेको मुद्दा शाखा प्रमुख स्वच्छ छवि भएका घिमिरेले अब इलाका प्रहरी दुल्लुको कमाण्ड सम्हालेछन् ।

त्यस्तै आजै प्रहरी जवान र सहायक हवल्दारबाट बढुवा भएर पदस्थापन भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार १८:२३

लोकप्रिय