सूचनाको शक्ति - The Power Of Information

        

दाङमा दुई महिलाको हत्या

दाङमा दुई जना महिलाको हत्या भएको छ ।

घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।

हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आउनुभएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीकाअनुसार मृतक बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको छ । प्रहरीका अनुसार मृतक बुढाको टाउकोमा पछाडी दुई ठाउँ र सुनारको टाउको एक ठाउँ चोट लागेको छ ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँकाअनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केसीले भन्नुभयो, ‘‘हत्याको खवर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्यलाई अघि बढाएका छौँ ।’’ घटना बार थप अनुसन्धान भइरहेको समेत प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०७:१४

लोकप्रिय