सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ वैशाख २९ गते शनिवारको राशिफल

२०८१ वैशाख २९ गते शनिवार, ११ मे २०२४ । वैशाख शुक्लपक्ष चतुर्थी तिथि । मृगशिरा नक्षत्र, १२ः४८ बजेपछि आर्द्रा । चन्द्रराशि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिवश समयमै काममा जुट्न बाधा पर्नेछ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । सेवामूलक काममा प्रवृत्त भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ । हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि पनि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । नियमित काम र व्यवसायमा लाभ हुनेछ । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मौकामा अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । अरूको विश्वास गर्नाले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०५:५९

लोकप्रिय