सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा गोली चल्यो

लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

११० ग्राम ब्राउन सुगर बरामद

बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । कोहलपुरको चप्पलगौंडा भन्ने स्थानबाट प्रहरीले दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । कारोबारी भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीम खटिएको थियो ।

परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ११:०३

लोकप्रिय