२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २५ गते मंगलबार

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार