सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता दिन थालेपछि पशुपालनतर्फ खजुराका किसान आकर्षित भएका छन् । खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेसँगै पशुपालनतर्फ किसानको रुची बढ्न थालेको हो ।
खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–०८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले गत आवमा एक हजार ११५ किसानहरु गाईभैंसी सुत्केरी भएपछि प्रोत्साहन रकमका लागि गाउँपालिकाको सम्पर्कमा आएको जानकारी दिए ।
किसानले प्रतिपशु सुत्केरी भएपछि एक हजार ५०० रुपैयाँ प्रोत्साहनस्वरुप प्राप्त गर्ने गरेका छन् । पशु सुत्केरी भएपछि सप्रमाण वडा कार्यालयको सिफारिसका आधारमा पशु शाखाले किसानलाई रकम उपलब्ध गराउने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विकले भने, ‘गतवर्ष पहिलो पटक कार्यक्रम सुरु भएका कारण पनि जानकारीको अभावमा किसानहरु छुटेका हुन सक्छन्, तर यस बर्ष अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने किसानको सङ्ख्या अधिक भएको छ ।’
गाईभैँसी सुत्केरी भएको प्रमाणसहित किसानहरु प्रोत्साहन रकमका लागि पालिकाको सम्पर्कमा आइरहेको गाउँपालिकाले जनाएको छ । गतवर्ष पालिकाले प्रोत्साहनबापत रकम दिन थालेपछि किसानमा उत्साह थपिएको र समग्रमा पशुपालन गर्नेहरु बढ्दै गएको पालिकाले जनाएको छ ।
खजुरा गाउँपालिका पशु शाखा प्रमुख तारा खड्काले चालु आवमा यो कार्यक्रमलाई निरन्तरता दिंदै २० लाख बजेट विनियोजन गरी सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता वितरण भइरहेको छ । कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नस्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको छ ।
कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको छ । विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके