इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।
मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा १० खेल खेलेको हैदरवाद १२ अङ्कसहित चौथो स्थानमा छ । ११ खेल खेलेको मुम्बई ६ अङ्कसहित पुछारमा छ ।
हिजोको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । त्यस्तै पञ्जाब चेन्नईसँग २८ रनले पराजित भएको थियो ।
आईपीएलमा १६ अङ्कसहित कोलकाता शीर्ष स्थानमा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ