सूचनाको शक्ति - The Power Of Information

        

ब्राजिलमा बाढी, ५५ जनाको मृत्यु

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् । पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन्

बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०८:२३

लोकप्रिय