२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

पहिलोपटक फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २३ गते आइतबार

चर्चित गायक एवं अभिनेता प्रकाश सपुतले आफ्नै निर्माण तथा निर्देशनमा कथानक फिल्म बनाउने भएका छन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको आज (आइतबार) दिउँसो औपचारिक निर्माण घोषणा हुँदैछ।

प्रकाश स्वयंमले पनि सामाजिक सञ्जालमार्फत फिल्म निर्माण गर्न लागेको कुरा जानकारी दिएका छन्। एक भिडिओ सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गर्ने तयारी छ।

फिल्मको नामसहित कथाको पृष्ठभूमि, कलाकार, प्रदर्शन मिति सबै कुराको जानकारी सोही भिडिओमार्फत दिन लागिएको जानकारी दिएका छन्। फिल्ममा कथा र संगीत प्रकाशकै रहनेछ।

मुख्य सह–निर्देशन सुनिल वि.क.को रहनेछ। मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन फिल्मको कार्यकारी निर्मातामा रूपमा रहनेछन्।

प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका थिए। गतवर्ष प्रदर्शनमा आएको फिल्म सुपरहिट भएको थियो।

पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेका प्रकाशले फिल्म ‘पूर्ण बहादुरको सारंगी’ समेत साइन गरेका छन्।

प्रकाशित मिति : २०८१ वैशाख २३ गते आइतबार