सूचनाको शक्ति - The Power Of Information

        

‘ग्रास रुट’ फुटबल प्रशिक्षण:

नेपालगञ्जमा तिन महिने ‘ग्रास रुट’ फुटबल प्रशिक्षण कार्यक्रम

फुटबल प्रशिक्षण कार्यक्रमको अनुगमन

नेपालगञ्जमा जारी तिन महिने ‘ग्रास रुट’ फुटबल प्रशिक्षण कार्यक्रमको अनुगमन गरिएको छ ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राई, कानुनी सल्लाहकार बसन्त कनोडिया लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपमेयर राईले खेलकुदबाट नै खेलाडीले वडा, पालिका, प्रदेश हुँदै देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताए ।

No description available.

साथै उपमेयर राईले खेलकुदले मानिसको स्वास्थमा सुधार हुने भन्दै खेलकुदमा सधै सहयोग र सदभाव रहने बताएका थिए । बुद्ध युवा क्लब नेपालगञ्जको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्रशिक्षण भईरहेको हो ।

No description available.

अनुगमन कार्यक्रमकाे सञ्चालन बुद्ध युवा क्लबका सचिव अमित के.सीले गरेका थिए । प्रशिक्षणको मुख्य प्रशिक्षक भिम जंग शाह, प्रशिक्षक जनक के.सी रहेका छन् ।

No description available.

साथै, जारी तिन महिने ‘ग्रास रुट’ फुटबल प्रशिक्षण कार्यक्रमबाट छनाैट भएर  २ जना महिला खेलाडी उर्वसी शाही र पुष्पा कामी सुर्खेतमा भएको अन्तर प्रदेश महिला फुटबल खेलिसकेका छन् । त्यसैगरी प्रशिक्षार्थी मध्येका सन्दिप सेजवाल एन्फामा छनौट भएका छन् ।

No description available.

प्रशिक्षणमा ९२ जना प्रशिक्षार्थीहरु छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतवार १०:४६