जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ ।
भारत मधुवनी जिल्लाको भंझारपुरमा पर्सि अर्थात् मे ७ तारिखमा लोकसभा चुनाव हुन लागेकाले रेल सेवा तीन दिन बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना निकालेर जानकारी दिएको छ ।
चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।
इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहनेछ ।
बुधवारदेखि नियमितरुपमा रेल सेवा सञ्चालन हुने प्रबन्धक झाले जानकारी दिनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ