सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ वैशाख २२ गते शनिवारको राशिफल

२०८१ वैशाख २२ गते शनिवार, ४ मे २०२४ । वैशाख कृष्णपक्ष एकादशी तिथि, १८ः०८ बजेपछि द्वादशी । पूर्वभाद्रपदा नक्षत्र, २०ः०२ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि कुम्भ, १४ः२७ बजेपछि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यवसायले आम्दानी बढाउने समय छ । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुरुषार्थी काम प्रारम्भ हुन सक्छ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ । तर व्यवसायमा लगानी बढाउनुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लाभ दिलाउनेछ । पेसातर्फ प्रशस्त फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रमा नाम र दाम कमाउने बेला छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । परिवारजनको साथ र आकर्षक उपहारले मन उत्साहित हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । भविष्यका लागि काममा जग बसाउने मौका छ । तर आलस्य गर्ने बानीले पछि परिएला । दिउँसोदेखि स्थितिमा सुधार आउला । आवश्यक भौतिक साधन जुट्नेछन् । साहसी कामले लाभ दिलाउनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । दिउँसोदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा अलि ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ । अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिनेछ । दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा सामान्य धन लाभ नै हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पेसा–व्यवसायमा उपलब्धि प्राप्त हुनेछ । सानो प्रयत्नले फाइदा दिलाउनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । तर, दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ । प्रयत्न गर्दा ऋणमोचन हुनेछ । दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार ०६:५८