सूचनाको शक्ति - The Power Of Information

        

सय रुपैयाँको नोटमा अब चुच्चे नक्सा

सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्वीर परिवर्तन गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गरी चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो । उनका अनुसार एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको बताएकी हुन् ।

अब सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा राखिने छ । अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्वीर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । यससँगै अब नेपाल राष्ट्र बैंकले नयाँ नक्सासहित एक सय रुपैयाँको नयाँ नोट छाप्ने प्रक्रिया अगाडी बढाउने छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १६:२८

लोकप्रिय