सूचनाको शक्ति - The Power Of Information

        

आमाको मुख हेर्ने दिन सार्वजनिक बिदा !

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आगामी बुधवार सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन नगरपालिका वडा ६ स्थित मातातीर्थ कुण्डमा मेला लाग्न भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार यही मिति २०८१-०१-२६ गते मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन यस नगरपालिका वडा नम्बर ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा मिति २०८१-०१-२६ गते बुधवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १६:२१

लोकप्रिय