सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा अर्याल

 नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ ।

अर्यालले नेपालगन्ज मेडिकल कलेजको बहुसङ्ख्यक शेयर खरिद गरेपछि सञ्चालक समितिको बैठकले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

मेडिकल व्यवसायी अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरूमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल रहनु भएको मेडिकल कलेजले जनाएको छ ।

अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको सञ्चालक डा. सुरेश कुमार कनौडियाले बताउनुभयो । उहाँले नवनियुक्त अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्‍याउने प्रतिबद्धता गर्नुभएको पनि बताउनुभयो ।

नयाँ प्रविधि र उपचार विधिहरू मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने योजना कलेजले अघि बढाउने भएको छ । नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल रहेको छ ।

अध्यक्ष अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाउनुभएको छ । उक्त अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १४:३९

लोकप्रिय