केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ ।
शुक्रबार काठमाडौँको अधिकतम तापक्रम बुधबार र बिहीबारको तुलनामा घटेर ३०.५ डिसेमा झरेको छ । यसअघि काठमाडौँको तापक्रम ३३ डिसेभन्दा माथि पुगेको थियो । शुक्रबार काठमाडौँमा हल्का बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दुई साता लगातार तापक्रम बढिरहेकोमा बादल लाग्न थालेपछि तापक्रम केही घटेको हो । महाशाखाले शनिबार पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउने आङ्कलन गरेको छ ।
‘शनिबार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने देखिन्छ । त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ,’ महाशाखाले शुक्रबार साप्ताहिक मौसम पूर्वानुमान गर्दै भनेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं