नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।
संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ ।
यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ