गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ ।
६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।
उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।
उत्तर कुमार घिमिरेलाई पर्साको सहायक प्रजिअ, नरेश कुमार यादवलाई रौतहटको सहायक प्रजिअ र महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ