सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज : आजबाट देशभरका हलमा ‘मनसरा’

फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ ।

बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जसका कारण निर्माणपक्ष उत्साही छ ।

क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको थियो ।

सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०७:५९