सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव

बाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ ।

एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो ।

गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म नलगाएको एक स्थानीयको गुनासो छ ।

गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब अधिकृत लक्ष्मण राज शाहीले बाँके जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई उपलब्ध गराउन नसकेको बताए ।

जिल्ला कार्यालय बाँके र सङ्घको स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने परिवार कल्याण महाशाखाले खोप अभाव नभएको दाबी गरेको छ ।

सरकारको नियमित खोप कार्यक्रम अनुसार डीपीटी खोप ३ पटक लगाउनुपर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा लगाउनु पर्ने उल्लेख छ ।

यस्तै, पोलिया पनि दुई थोपा ३ पटक खुवाउनु पर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा खुवाउनु पर्ने हुन्छ ।

डीपीटी भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार र हेपाटाइसिस बी, वेक्टेरियल, मेनिन्जाइटिस विरुद्ध लगाइन्छ भने, पोलियो रोग विरुद्ध खुवाइने नियमित खोप कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०७:५०

लोकप्रिय