सूचनाको शक्ति - The Power Of Information

        

नेपालको इन्टरनेट सेवाहरु डाउन

नेपालको अधिकांश इन्टरनेट सेवा बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको एक्कासी डाउन भएको छ । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको हुन सक्ने आशङ्का गरिएको छ ।

सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

त्यसो त एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएको खण्डमा इन्टरनेट लिङ्क नै काटिदिने चेतावनी पटक पटक नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई दिंदै आइरहेका छन् । प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १७:२३

लोकप्रिय