सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार फेरि २ हजार विन्दुभन्दा तल झर्‍याे

शेयर बजार फेरि दुई हजार विन्दुभन्दा तल झरेको छ ।

अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता शेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १७:०४

लोकप्रिय