बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा भएको आगलागीमा परेर १५ वटा पशुचौपाया मरेका छन् भने करिब ३० लाख रुपियाँको क्षति भएको छ ।
सो आगलागीबाट बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको तथा अन्नपात र धनमाल नष्ट हुनुका साथै करिब १५ वटा पशुचौपाया जलेर मरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आगलागीको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणबाट डीएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको १०५ जना टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिए पनि अन्दाजी ३० लाख रुपियाँको क्षति भएको प्रहरीले जनाएको छ ।
एक्कासी सल्किएको आगो नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको जानकारी आएको सशस्त्र प्रहरी बल ३१ नम्बर बागेश्वरी गणका गणपति बिमल डाँगीले बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरीको टोली समयमै आगलागी स्थलमा पुगेकोले आगो थप घरहरुमा फैलिन नपाएको बताउनुभयो ।
यसअघि एक दिन पहिले पनि राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा आगलागी हुँदा छ वटा घर र तीन वटा गोठ गरेर नौ वटा घरगोठ जलेर नष्ट भएका थिए । हावाहुरी र गर्मीले गर्दा अहिले बाँकेका विभिन्न स्थानमा दैनिकजसो आगलागीका घटनाहरु हुँदै आएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके