बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ ।
क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् । पहिलो चरणमा बी ब्लकमा २५२ कैदीबन्दी राखिने बाँके जिल्ला कारागारका जेल अर्जुनजंग शाहले जानकारी दिए ।
उनका अनुसार कारागारको क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई क्षेत्रीय कारागारमा राखिने छ । हाल ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जेलर शाहले जानकारी दिए ।
देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो । १० बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार मानिस अट्ने क्षमताको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके