नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।
उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गरेका छन् । साथै लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने बताएका छन् ।
उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’
आज मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न टि२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ