नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै ती पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरेको हो ।
मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौँ आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो । त्यसपछि कतार एयरवेजको जहाजमा ट्राफिक अलर्ट एन्ड कोलिजन एडभाइस (टिकास्र)ले वार्निङ दिएको थियो ।
जहाज ल्यान्ड गरेपछि कतार एयरवेजका पाइलटले विमानस्थललाई रिपोर्ट गरेका थिए । त्यसपछि विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गर्दै घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं