सूचनाको शक्ति - The Power Of Information

        

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी –२० क्रिकेट आज हुँदैछ ।

यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० श्रृङ्खला एक/एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

श्रृङ्खलाको चौथो खेल भोलि बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । आजको खेलको प्रदर्शनका आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपका लागि छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आजसम्ममा सहभागी हुने सबै २० देशका लागि नाम टुङ्गो लगाउन यसअघि नै निर्देशन दिएको थियो ।

भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका केही देशले आफ्ना खेलाडीको टुङ्गो लगाइसकेका छन् । विश्वकप क्रिकेट अघि वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ०९:१०